• जेष्ठ ३ २०८३, आईतवार

साउदी सरकारले १७८ जना नेपालीलाई नेपाल फिर्ता गर्दै

जेष्ठ २३ २०८१, बुधबार

साउदी । अलपत्र परेका नेपालीहरूका लागि साउदी सरकारले बहिर्गमन भिसा जारी गरेको छ । नेपाली दूतावास रियादको सहयोगमा साउदी सरकारले एकै दिन १७८ जना नेपालीको बहिर्गमन भिसा जारी गरेको हो ।

उनीहरू सहजरूपमा स्वदेश फिर्ता हुने भएका छन् । उनीहरूले ६० दिनभित्र साउदी अरेबिया छोड्नु व्यवस्था छ । बहिर्गमन भिसाका बारेमा नेपाली दूतावास रियादले नेपाली कामदारको लागि सूचना जारी गर्दै बहिर्गमन ‘एक्जिट भिसा’को सेवा दिँदै आएको छ । हवाई टिकट भने स्वयंले व्यवस्था गर्नुपर्ने छ ।

एक्जिट भिसा दिने सम्पूर्ण अधिकार साउदीको अध्यागमन अफिससँग रहेकाले दूतावासले एक्जिट भिसाका लागि प्रोसेसमात्रै गरिदिने हो ।

साउदीमा कार्यरत रहँदा जुन ठाउँबाट आफ्नो इकामा बनेको हो त्यही ठाउँको श्रम कार्यालय र अध्यागमन कार्यालयबाट मात्रै एक्जिट भिसाका लागि प्रोसेसिङ गर्नुपर्ने साउदीको नियम छ ।