काठमाडौँ । पर्यटन विकास आयोजना इकाई कार्यालय, काठमाडौंका सबइन्जिनियरद्वय राजनकुमार भट्टराई र संजय अर्याल घुस लिँदालिँदै पक्राउ परेका छन् ।
उनीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्यकक्षबाटै पक्राउ गरेको हो ।
१७ हजार रुपैयाँ घुस लिइसकेको अस्वस्थामा काठमाडौं महानगरपालिका ३१ स्थ्ति पर्यटन विकास आयोजना इकाई कार्यालय, काठमाडौंको कार्यालयबाटै उनीहरूलाई नियन्त्रणमा लिइएको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए । उनले यो विषयमा थप अनुसन्धान भइरहेको बताए ।