आज विश्व सूर्तीजन्य पदार्थ विरुद्धको दिवस ‘सूर्तीजन्य उद्योगको हस्तक्षेपबाट बालबालिकालाई जोगाऔं’ भन्ने नाराका साथ नेपाल विश्वर मनाइँदैछ।
नेपालमा सूर्तीजन्य पदार्थको सेवनबाट वार्षिक करिब २७ हजार मानिसको मृत्यु हुने गरेको पाइएको छ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा हरेक वर्ष २७ हजार १३७ मानिसको मृत्यु सूर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको छ। जुन संख्या नेपालको जम्मा मृत्युको करिब १५ प्रतिशत हो।
नेपालको ग्रामीण क्षेत्रका महिलाले पनि एकदमै धेरै धुम्रपान गर्ने गरेको जनस्वास्थ्यविद् उप्रेतीले बताइन्। उनले भनिन्, ‘विशेष गरी उमेर पुगेका ग्रामीण भेगका महिला सानैदेखि हामीलाई खाने बानी परेकोले हामी छोड्नै सक्दैनौ भन्छन्। अहिले सहर बजार तिरका किशोर किशोरी पनि सूर्तीजन्य पदार्थको लतमा लागिसकेका छन्।’