• जेष्ठ ४ २०८३, सोमबार

गोप्य कामको भिडियो सार्वजनिक गरिदिने धम्की दिइ रकम असुल्ने म्याग्दीका सन्तोष किसान पक्राउ

जेष्ठ १६ २०८१, बुधबार

काठमाडौं । प्रहरीले आपराधिक लाभ लिने गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दीको म्याग्दी नगरपालिका-५ का ३० वर्षीय सन्तोष किसान रहेका छन् ।

प्रहरीका अनुसार उनले सुरुमा विभिन्न सामाजिक सञ्जालमार्फत महिलाहरूसँग चिनजान गर्थे । सम्बन्ध गाढा हुँदै गएपछि भेटघाट गर्थे । त्यसपछि विभिन्न प्रलोभन देखाएर शारीरिक सम्बन्ध स्थापित गर्थे । उनले गोप्यरूपमा फोटो तथा भिडियो पनि खिच्थे ।

पछि तिनै गोप्य फोटो र भिडियो पीडितका आफन्तलाई विभिन्न माध्यमबाट पठाइदिने धम्की दिएर रकम माग्ने र फेरि शारीरिक सम्बन्ध स्थापित गर्न बाध्य पारेर आपराधिक लाभ लिने गरेको प्रहरीले जनाएको छ ।

उनलाई गत सोमबार प्रहरीले काठमाडौंस्थित कोटेश्वरबाट पक्राउ गरेको हो । थप अनुसन्धान तथा कारबाहीका लागि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।