• जेष्ठ ४ २०८३, सोमबार

प्रिन्टिङ प्रेस खरिदमा भ्रष्टाचारी ठहर भएका इन्जिनियर पोखरेल मृत भेटिए

जेष्ठ ११ २०८१, शुक्रबार

काठमाडौँ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा दोषी ठहर भएका इन्जिनियर मृत अवस्थामा भेटिएका छन् । इन्जिनियर नवीनकुमार पोखरेल भक्तपुरमा मृत अवस्थामा भेटिएका हुन् ।

सिनियर डिभिजनल इन्जिनियर पोखरेल भक्तपुरको लोकन्थीस्थित आँखा अस्पताल नजिकै घरमा मृत अवस्थामा भेटिएको प्रहरी वृत्त थिमीका डीएसपी प्रेमसागर केसीले बताए ।

५७ वर्षीय पोखरेल घरको रेलिङमा झुन्डिएको अवस्थामा भेटिएका हुन् । बिहीबार बिहान मृत भेटिएपछि उनको शव भक्तपुरको केएमसी अस्पतालमा पोस्टमार्टम गरिएको छ । विशेष अदालतले पोखरेललाई ६ महिना कैद र ५ करोड ८४ लाख ५५ हजार जरिवाना र बिगो बराबरको रकम असुल उपर हुने फैसला गरेको थियो ।

विशेष अदालतले जेठ ८ मा सो फैसला गरेको हो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारिबाबु श्रेष्ठले सो फैसला गरेका हुन् ।