• जेष्ठ ४ २०८३, सोमबार

दम्पती हत्या प्रकरण : श्रीमानको शव पसलमा, श्रीमतीको शव भान्सा कोठामा भेटियो

जेष्ठ ९ २०८१, बुधबार

जेठ ९, काठमाडौं । काभ्रेको महाभारत गाउँपालिका–४ महादेवटारमा दम्पतीको हत्या भएको छ । महादेवटारका ६० वर्षीय मानबहादुर बल र उनकी ५० वषया श्रीमती केकाइमाया बलको हत्या भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी तथा प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।

डीएसपी श्रेष्ठका अनुसार श्रीमानको शव पसल रहेको कोठामा छ भने श्रीमतीको शव भान्सा कोठामा फेला परेको छ । टाउकोमा गह्रुँगो वस्तुले प्रहार गरेर हत्या गरेको जस्तो देखिएको डीएसपी श्रेष्ठले बताए । ‘घटना विवरण अनुसार उनीहरुको हत्या भएको देखिन्छ । तर कसले किन हत्या र्गयो अहिलेसम्म केही खुलेको छैन’ डीएसपी श्रेष्ठले भने ।

डीएसपी श्रेष्ठका अनुसार उक्त घरमा उनीहरु दुई जना मात्रै बस्दै आएका थिए । ढोका खुल्ला रहेको अवस्थामा शव भेटिएको छ । घटनाबारे जिल्ला प्रहरी कार्यालयका साथै प्रहरी चौकी फोक्सिङटार, इलाका प्रहरी कार्यालय देवीटारको टोलीले अनुसन्धान अघि बढाएको छ ।

सोमबार राति नै उनीहरुको हत्या भएको हुनसक्ने बताइएको छ । मंगलबार दिउँसो स्थानीय ठाकुर पूजामा सहाभागी नभएपछि घरमा गएर उनीहरु दुबै जना मृत भेटिएपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए ।