काभ्रे : जिल्लाको महाभारत गाउँपालिकामा शंकास्पद अवस्थामा श्रीमान श्रीमतीको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार मंगलबार महाभारत गाउँपालिका–४ तिनखुट्टेका ६० वर्षीय मानबहादुर बल र उनकी श्रीमती ५० वर्षीया केकाई माया बलको शव फेला परेको हो ।
आफ्नै जस्ताको टहरामा श्रीमानको पसल कोठामा र श्रीमतीको भान्छा कोठामा शव भेटिएको प्रहरीले जनाएको छ । स्थानीयको सूचनाका आधारमा मंगलबार साँझ ५ बजे इलाका प्रहरी कार्यालय मंगलटारबाट टोली घटनास्थल पुगेको डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय मंगलटारबाट प्रहरी निरीक्षकको टोली र जिल्ला प्रहरी कार्यालयबाट नायब उपरीक्षकको कमाण्डमा खटिएको टोलीले घटनाबारे थप अनुसन्धान सुरु गरिएको डीएसपी श्रेष्ठले बताए ।
स्थानीयहरूले बताए अनुसार घटना हत्या भएको हुन सक्न्ने प्रहरीले जनाएको छ ।