• जेष्ठ ४ २०८३, सोमबार

कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा लैजाने तयारी

जेष्ठ ८ २०८१, मंगलवार

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले आजै धनुषा पठाउने तयारी गरेको छ । दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका सिरोहियालाई अहिले उपत्यका अपराध अनुसन्धान कार्यालयमा राखिएको छ ।

यसअघि सिरोहियाका दुईवटा नागरिकता रहेको भन्दै गृह मन्त्रालयले अनुसन्धानका लागि प्रहरीलाई निर्देशन दिएलगत्तै धनुषा प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो ।

धनुषा प्रहरीको अनुरोधमा उपत्यका अपराध कार्यालयका एसपी रवीन्द्र रेग्मीको कमान्डमा कान्तिपुरको हेडक्वाटर पुगेको प्रहरी टोलीले सिरोहियालाई मंगलबार साँझ पक्राउ गरेको हो ।