• जेष्ठ ५ २०८१, शनिबार

१ सय ६१ कम्पनीको सेयर मूल्य घट्यो

बैशाख २० २०८१, बिहीबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयरबजार ओरालो लागेको छ । नेप्से ७.३१ अंकले घटेर १९९८.९६ विन्दुमा झरेको हो ।

यो सँगै बजारमा ४ अर्ब १३ करोड ३३ लाख ६२ हजारको कारोबार भएको छ । ९४ लाख कित्ता सेयर बिक्रीमा उक्त परिमाणको कारोबार भएकाो हो । आज ७८ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १६१ वटाको घटेको र ५ वटाको उही मूल्यमा कारोबार भएको छ ।

आज समता घरेलु लघुवित्त, इन्फिनिटी लघुवित्त, साधना लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ । लगानीकर्ताले आज ८.२१ प्रतिशतसम्म गुमाएका छन् । सर्वाधिक कारोबार भने आईएमई लाइफ इन्स्योरेन्सको २८ करोडको भएको छ ।