• जेष्ठ ५ २०८१, शनिबार

सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढ्यो, कतिमा भइरहेछ कारोबार ?

बैशाख २० २०८१, बिहीबार

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य २ हजार रुपैयाँले बढेको छ ।

बुधबार प्रतितोला १ लाख ३४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज २ हजार रुपैयाँले बढेर १ लाख ३६ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ ।

यस्तै नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य पनि आज तोलामा १५ रुपैयाँले बढेर १ हजार ६४५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । बुधबार चाँदी प्रतितोला १६३० रुपैयाँमा कारोबार भएको थियो ।