• जेष्ठ ५ २०८१, शनिबार

नेपालीको प्रतिव्यक्ति औसत आय १ हजार ४५६ डलर पुग्ने प्रक्षेपण

बैशाख १९ २०८१, बुधबार

काठमाडौं । चालु आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति औसत आय १ हजार ४५६ डलर पुग्ने प्रक्षेपण गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको यस वर्षको आर्थिक वृद्धिदरको अनुमान अनुसार प्रतिव्यक्ति आय १ हजार ४५६ पुग्ने जनाइएको छ ।

गत आर्थिक वर्षमा नेपालीको औसत आय १ हजार ४०५ डलर रहेको थियो। चालु आर्थिक वर्षमा ५१ डलर बढेको हो ।

पर्यटन आगमनमा देखिएको सकारात्मक प्रभाव लगायका कारणले अर्थतन्त्रमा सकारात्मक प्रभाव देखिएको कार्यालयले जनाएको छ ।