• जेष्ठ ५ २०८१, शनिबार

तेजपत्ता स्वास्थ्यका लागि फाइदै फाइदा

बैशाख १५ २०८१, शनिबार

तेजपत्ताको प्रयोगले स्वास्थ्यलाई पनि राम्रो गर्छ । आयुर्वेदले त यसलाई औषधि नै मानेको छ । यसमा भिटामिन सी, ए, बी, ई, आइरन, क्याल्सियम, पोटेसियम लगायतका एन्टीअक्सिडेन्ट तत्त्वहरू भेटिन्छन् ।

तेजपत्ताको चिया पिउँदा अनेकौं रोगबाट मुक्ति पाइन्छ । तेजपातमा भएको पोषक तत्त्वले तपाईंलाई रक्तचाप नियन्त्रणमा लिन सहयोग गर्छ । रक्तचाप नियन्त्रित रहेमा मुटुरोग लाग्न पाउँदैन ।

तेजपत्ताको चिया पिउँदा शरीरमा इन्सुलिनको स्तर बढ्छ । यसले रगतमा ग्लुकोजको मात्रा घटाइदिन्छ र मधुमेहलाई नियन्त्रणमा राख्छ ।

तेजपत्तामा भएको एन्टीफंगल गुणले शरीरमा कुनै पनि किसिमको संक्रमण हुन दिँदैन । यसमा भएको क्यान्डिडा एल्बीक्यान्सले जस्तोसुकै संक्रमणसँग लड्नका लागि शरीरलाई सहायता गर्छ ।

एजेन्सी