• जेष्ठ ५ २०८१, शनिबार

काठमाडौंका मेयर बालेन साहको कविता संग्रह ‘अश्र’ बजारमा

बैशाख १४ २०८१, शुक्रबार

काठमाडौं । काठमाडौंका मेयर बालेन साहको कविता संग्रह ‘अश्र’ बजारमा आएको छ । मेयर बालेनले आफै भोलि शनिबार सो कृति सार्वजनिक हुन लागेको जानकारी दिएका छन् ।

उनको ‘अश्र’ नाम कविता संग्रह शनिबार बजारमा उपलब्ध हुने भएको हो । अश्रमा प्रेम, प्रेम वियोग, राजनीति र दर्शनसहित १९५ कविता र तिनका चित्र स्केच रहेका छन् ।

‘नेपाली कवितामा नयाँ स्वाद खोज्ने पाठकका निम्ति कवि बालेनका कविता मन पर्नेछन्“ प्रकाशक बुकहिलले दाबी गरेको “भानुभक्तदेखि विभिन्न कालखण्ड र भावधाराहुँदै बालेनसम्म आइपुगेको नेपाली काव्यिक आयामलाई अश्रका कविताले अर्को आयाम दिनेछन् ।’

बालेन एक चर्चित र्यापर हुन् भने उनले यसअघि सामाजिक सञ्जालमा फुटकर कविता पनि पोस्ट गर्दै आएका छन् । बालेनको कविता संग्रह बुकहिलले प्रकाशन गरेको हो ।