• जेष्ठ ५ २०८१, शनिबार

टाउको दुख्ने समस्याबाट छुटकारा पाउन निकै फाइदाजनक ल्वाङको तेल

बैशाख १४ २०८१, शुक्रबार

ल्वाङ खानाले स्वास्थ्यमा कैयौं प्रकारका फाइदाहरु प्राप्त हुन्छन् । यसले इम्युनिटी बढ्छ साथै छालाका लागि पनि फाइदाजनक हुन्छ । ल्वाङमा थुप्रै एन्टी माइक्रोबियल, एन्टी-फंगल, एन्टी-सेप्टिक र एन्टी-भाइरल गुण पाईन्छ । ल्वाङको तेल पनि ल्वाङ जस्तै विभिन्न किसिमले फाइदाजनक हुन्छ ।

ल्वाङको तेलमा कयौँ किसिमको खनिज, क्याल्शियम, आइरन, सोडियम, पोटाशियम, भिटामिन ए र भिटामिन सी प्रयाप्त मात्रामा पाईन्छ ।

ल्वाङको तेलमा थोरै नून मिलाएर निधारमा लगाउँदा टाउको दुख्ने समस्याबाट आराम मिल्छ । यसले शरीरमा रक्तप्रवाह बढाउन मद्दत गर्छ, जसबाट रक्तवाहिनीमा तनाव कम हुन्छ । यसको साथै जटिल भन्दा जटिल टाउको दुख्ने समस्याबाट आराम दिलाउन ल्वांगको तेल मद्दतगार हुन्छ ।