• बैशाख २३ २०८१, आईतवार

कागती पानी स्वास्थ्यका लागि फाइदै फाइदा

बैशाख १३ २०८१, बिहीबार

कागती पानी पिउनेहरूले नपिउनेको तुलनामा धेरै स्वास्थ्य लाभ पाउँछन् ।

कागतीमा भिटामिन ‘सी’ पर्याप्त मात्रामा पाइने भएकाले यसको सेवनले छाला स्वस्थ र चम्किलो हुन्छ । यति मात्रै हैन, शरीरमा स्फूर्ति पनि बढ्छ ।

– बिहान बिहान कागती पानी सेवन गरेमा यसले प्रतिरक्षा प्रणाली बलियो बनाउँछ ।
– कागती पानीको सेपनले रक्तसञ्चारसँग जोडिएका समस्यामा लाभ पुग्दछ ।
– आँखाको समस्याबाट बच्न पनि कागती पानीले लाभ पुर्याउँछ ।
– मधुमेह रोगीकालागि समेत कागती पानीले फाइदा गर्छ ।
– खाली पेटमा कागती पानी पिएमा शरीरबाट विषालु पदार्थ निष्कासनमा सहयोग पुग्छ ।
– कागती पानी पिएमा शरीरमा खतरनाक ब्याक्टेरियाको विकास र वृद्धि रोक्न सहयोग पुग्छ ।
– रुघाखोकीको उपचारमा कागती पानीको सेवन उपयोगी हुन्छ ।
– मस्तिष्कलाई पोषित गर्न र स्नायुकोषहरू स्वस्थ राख्न कागतीले सहयोग गर्छ ।
– कागतीले घुँडा र जोर्नीहरूको पीडा कम गर्छ साथै युरिक एसिडलाई विघटित गरिदिन्छ ।
– एन्जाइम प्रदान गरेर कागतीले कलेजोलाई पनि स्वस्थ राख्छ ।
– कागती पानीले कलेजोमा अक्सिजन र क्याल्सियमको मात्रा सन्तुलन गर्छ ।
– हरेक दिन कागती पानी पिएमा मिर्गौलामा पत्थरी बन्न पाउँदैन ।
– कागती पानीको नियमित सेवनले पत्थरीलाई विघटित पारेर बाहिर निकाल्न मद्दत गर्छ ।