• बैशाख २३ २०८१, आईतवार

गर्मीमा खुट्टा बाउँडिने समस्या बढी देखिने,यस्ता छन् रोकथामका उपायहरु

बैशाख १२ २०८१, बुधबार

धेरै जसो राति सुतेको बेला अथवा आराम गरिरहेको बेला खुट्टा बाउँडिने गर्दछ ।  खुट्टाको तिघ्रानिर वा पिँडौलाको मासु पल्टनुलाई खुट्टा बाउँडिनु वा खुट्टा फर्किनु भनिन्छ । विशेषगरी हाडजोर्नीलगायतका रोगले ६० वर्षमाथिका मानिसलाई खुट्टा फर्कने समस्याले सताउने गरेको छ ।

खुट्टा फर्किंदा अत्यन्तै शारीरिक पीडा हुन्छ । प्रायः राति खुट्टा पल्टिने वा बाउँडिनु गदर्छ । पल्टिएको ठाँउमा मासुको डल्लो जम्मा हुनुका साथै दुखाइको महसुस हुन्छ। तिघ्राको मासु पल्टने अवधि केहि समयदेखि धेरै मिनेटसम्म हुने गर्छ। दुखाइ कम भएपछि एकैठाउँ डल्लो परेको मासु ठीक ठाउँमा आउन केही समय लाग्ने गर्छ । सबै उमेरका मानिसहरुमा यो समस्या देखिन्छ । प्रायः अधवैँसे तथा बुढाबुढीहरुमा यो समस्या बढी देखिने गर्छ।

खुट्टा फर्किने वा बाउँडिने समस्याको यकिन कारण भने छैन। विभिन्न कारणले गर्दा यस्तो समस्या देखापर्छ। मानव शरीरमा क्याल्सियम र पोटासियम नामक भिटामिनको कमी हुँदा यो समस्या देखा पर्ने डाक्टरहरु बताउछन् । सामान्यतया निम्न समस्याहरुले गर्दा खुट्टा फर्किने गर्दछ ।

  • पोषक तत्वको अभाव
  • लामो समयसम्म उभिँदा
  • जलवियोनन
  • गर्भवती
  • हाइपो थाइराइड
  • अनियन्त्रित मधुमेह
  • मध्यपानको प्रयोग

एक्कासी खुट्टा फर्किएमा आराम गर्ने, फर्केका ठाउँमा हल्का हल्लाएर मालिस गर्ने, फर्केका भागमा हिर्काएर भाईव्रेशन दिएमा खुम्चेका मशल तथा नशाहरु १० देखि २० मिनेटमा यथास्थानमा जाने गर्दछ । जसले खुट्टा फर्किने समस्या समाधान गर्न सकिन्छ ।

यसको रोकथामका उपायहरु यस्ता छन्: 

  • प्रशस्त पानी, फलफूलको रस र दालको रस पिउने।
  • धेरै मध्यपान, कफी र सोडा सेवन नगर्ने।
  • सुत्नुअघि खुट्टालाई तन्काउँदा यो समस्या कम हुन सक्छ। सुत्नुअघि १० मिनेट साइकल चलाउँदा पनि खुट्टा फर्किने समस्या रोकिन्छ।
  • लगातार लामो समय सम्म नउभिने। अप्ठ्यारो गरेर नबस्ने साथै अप्ठ्यारो गरेर नसुत्ने।
  • सुत्दा नरम ब्ल्याङकेट र नरम ओछ्यान प्रयोग गर्ने।
  • १० देखि १५ मिनेट मासु फर्किएको छ भने मसाज गराउने।
  • खुटृा पल्टेको समयमा हिँडने अथवा मज्जाले हाँस्ने। यसले दिमागमा खुम्चने र फुक्ने सन्देश प्रवाह हुने हुँदा छिटो सन्चो हुन्छ।
  • पल्टिएको ठाँउमा तातोले सेक्ने। तातोले खुम्चिएको मासु छिटो फुक्नलाई सहयोग गर्छ।
  • पोटासियम, क्याल्सियम र म्याग्नेसियम धेरै भएका खाने कुरा (फलफूल, गेडागुडी आदि) प्रशस्त खाने।
  • पटक-पटक खुट्टा पल्टने समस्या दोहोरिए, तुरून्त चिकित्सकको सल्लाह लिने।