• बैशाख २३ २०८१, आईतवार

नशा च्यापिने प्रमुख कारण

बैशाख ९ २०८१, आईतवार

नशा च्यापिने समस्या अनौठो समस्या हो ।

यो सबैलाई नहुन सक्छ । कहिलेकाहीँ दुईजना व्यक्तिले एउटै प्रकारको काम गर्दा समेत यो समस्या एउटा व्यक्तिमा मात्रै पनि देखा पर्न सक्छ । कसैको मेरुदण्ड अथवा हड्डी कमजोर छ भने पनि उसलाई यो समस्या देखिन सक्छ ।

त्यसैगरी, गाह्रौं काम गर्ने अथवा गह्रौं सामान उचाल्ने मानिसलाई पनि नशा च्यापिने समस्या हुन सक्छ । त्यसबाहेक तल उल्लेखित कुराले पनि नशा च्यापिने समस्या हुने गर्छ ।

· बसाई नमिलेमा

· महिलाहरुको हकमा प्रसव वेदनाको कारण
· शरीरमा अनावश्यक बल प्रयोग गरेमा
· भारी सामान उचालेमा
· गम्भीर प्रकारको हड्डी खिइने समस्या छ भने
· हात खुट्टा भाँचिएमा, हड्डी सर्ने समस्या भएमा र उमेर बढ्दै जाँदा नशा च्यापिने समस्या निम्त्याउन सक्छ ।
· जीवनशैलीको कारणः धेरै समय एकै ठाउँमा बसेर काम गर्दा