• जेष्ठ ४ २०८३, सोमबार

जन्ती बोकेको बस दुर्घटना हुँदा तीनको घटनास्थलमै मृत्यु ५२ जना घाइते

बैशाख ७ २०८१, शुक्रबार

काठमाडौँ । सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका-५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना भएको छ ।

दोलखाको भीमेश्वर नगरपालिका-१ सुस्पाबाट सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका पिस्करमा जन्ती लिएर आएको बा४ ख ५६१६ नम्बरको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको र उनीहरुको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

घाइतेहरुलाई उपचारका लागि बाह्रबिसे र धुलिखेल अस्पतालतर्फ पठाइएको प्रहरीले जनाएको छ ।

बस त्रिपुरासुन्दरी-५ धारावतीबाट १०० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ। दुर्घटना मा ५२ जना घाइते भएको छन्।