• जेष्ठ ४ २०८३, सोमबार

सूचिकारदेखि लोहाकारसम्म खुल्यो नेपाली सेनामा रोजगार

बैशाख ७ २०८१, शुक्रबार
काठमाडौँ । नेपाली सेनाले विभिन्न पदका लागि आवेदन आह्वान गरेको छ ।

भर्ना छनोट निर्देशनालय जंगी अड्डाले आज एक सूचना जारी गर्दै विभिन्न रिक्त पदमा दरखास्त माग गरेको हो ।

जंगी अड्डाले सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूमा २६ सय १५ रिक्त पदमा आवेदन मागेको हो । 

नेपाली सेनाको स्वीकृत दरबन्दीभित्र रिक्त रहेका सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स, सूचिकार, सपाइकर्मी, चर्मकर्मी, लोहाकार पदमा खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गरिने सूचनामा उल्लेख छ ।

जेठ ५ गतेसम्म आवेदन दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर थप एक हप्ता फारम भर्न सकिनेछ ।