• बैशाख २३ २०८१, आईतवार

पोखराका चर्चित गजलकार प्रकट पंगेनी ‘शिव’को निधन

बैशाख ४ २०८१, मंगलवार

४ वैशाख, पोखरा । पोखराका साहित्यकार तथा गीतकार प्रकट पंगेनी ‘शिव’को निधन भएको छ । निमोनियाका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारका क्रममा उनको मंगलबार दिउँसो निधन भएको उनको नातेदार प्रज्वल पंगेनीले पुष्टि गरे । कविता, गीतसहित श्रृंगारिक गजलमार्फत् प्रख्यात शिवको उपचारका लागि समस्या भएपछि आर्थिक संकलन अभियानसमेत थालिएको थियो ।

साहित्यकार शिवको परिवारको आग्रहमा पोखरेली युवा साँस्कृतिक परिवारको अगुवाइमा आर्थिक संकलन थालिएको थियो ।
प्रकटका कविता, गजलका किताब प्रकाशित छन् भने ‘तगारो छेउ आएर पनि आँगनी टेकिनौ’ जस्ता गीत चर्चित छन् । पछिल्लो समय प्रकटले जन्मगाउँ रूपा गाउँपालिकामै बसेर फार्म र कटेज सञ्चालनको तयारी गरिरहेका थिए ।