• बैशाख २३ २०८१, आईतवार

साहित्यकार प्रकट पंगेनी ‘शिव’ अस्पताल भर्ना

बैशाख ४ २०८१, मंगलवार

पोखरा । निमोनिया बिग्रेर सिकिस्त परेपछि साहित्यकार प्रकट पंगेनी ‘शिव’ अस्पताल भर्ना भएका छन् । ज्वरो नरोकिएपछि र अवस्था जटिल बनेपछि उनलाई सोमबार पोखराको मणिपाल शिक्षण अस्पताल लगिएको थियो । जन्डिस र निमोनिया बिग्रेकाले स्वास्थ्य अवस्था गम्भीर रहेको प्रकटका भतिज प्रज्ज्वलले जानकारी दिए ।
उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । निमोनियाका कारण उनको केही अंगले काम गर्न छोडेको बताइएको छ । ६८ वर्षीय प्रकट प्रणयमय गजलका लागि प्रख्यात छन् । उपचारमा आर्थिक अभाव हुन नदिन परिवारको आग्रहमा पोखरेली युवा सांस्कृतिक परिवारले सहयोग संकलन सुरु गरेको छ ।
एनएमबी बैंकको खाता नम्बर १२१००९४०१२६०००११ मा आर्थिक सहयोग रकम जम्मा गर्न सकिने पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले जानकारी दिए ।

संस्थाले २५ हजार रुपैयाँ कोषमा राखेर आर्थिक सहयोग संकलन सुरु गरेको हो । उनको ‘जूनको चिठी जुनालाई’ र ‘यो मन कतै अल्झेको छ’ नामक २ गीत संग्रह प्रकाशित छन् । यसका साथै प्रणयवेदका ऋचाहरू (गजल संग्रह) र अक्षरभरि अक्षता (कविता संग्रह) उनका प्रकाशित कृति हुन् ।