• जेष्ठ ४ २०८३, सोमबार

८५ हजार रकम र तासको गड्डीसहित ललितपुरबाट जुवाडे समूह पक्राउ

चैत्र २९ २०८०, बिहीबार

काठमाडौँ । महालक्ष्मी नगरपालिका-३ इमाडोल ढुङ्गेसागुस्थित एटुजेड रेष्टुरेण्टमा जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रेष्टुरेण्ट संचालक चितवन कालिका नगरपालिका-६ घर भएकी ३४ वर्षीया चमेली स्याङताङ समेत १० जनालाई रहेका छन् ।

प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८५ हजार रुपैयाँ र १० बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।