• जेष्ठ ४ २०८३, सोमबार

प्रहरी देखेपछि गाँजा बोकेर भागेका वडासदस्य सहित दुईजना पक्राउ 

चैत्र २९ २०८०, बिहीबार

२९ चैत, जनकपुरधाम । महोत्तरीबाट प्रतिबन्धित लागूऔषध गाँजासहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भंगाहा नगरपालिका ६ बस्ने वर्ष ३२ का कलाम अन्सारी र बर्दिबास नगरपालिका १० का ४० वर्षीय पदम स्याङ्दन रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका अन्सारी भंगहा नगरपालिका वडानम्बर ६ का वडासदस्य हुन् । महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारका अनुसार बर्दिबास नगरपालिका १४ स्थित ट्राइल सेन्टर छेउबाट इलाका प्रहरी कार्यालय बर्दिबासको टोलीलाई देख्नासाथ परिचय नखुलेको ३ जना पुरुषले बोकी ल्याएको सेतो रंगको प्लाष्टिकको बोरा मकै बारीमा फालेर भागेका थिए ।

बोरामा २० किलो ९७४ ग्राम बरामद भएको थियो । खोजतलासको क्रममा २ जनालाई पक्राउ गरी जिल्ला अदालत महोत्तरीबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको डिएसपी जयसवारले बताए ।