• जेष्ठ ५ २०८३, मंगलवार

गायक राजेश पायल राईसहित तीन जना पक्राउ

चैत्र २२ २०८०, बिहीबार

काठमाडौँ । गायक राजेश पायल राई पक्राउ परेका छन् । मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा राई गएराति पक्राउ परेका हुन् ।

राईसहित तीन जनालाई मदन भण्डारी कलेज अगाडिबाट पक्राउ गरी प्रहरी वृत्त नयाँबानेश्वरमा राखिएको काठमाडौँ उपत्यकाका प्रहरी कार्यालयका एआईजी दीपक थापाले जानकारी दिए ।