• जेष्ठ ५ २०८३, मंगलवार

कास्कीको भदौरेमा जीप दुर्घटना, ९ जना घाइते

चैत्र १८ २०८०, आईतवार

पोखरा । पोखराको भदौरेमा जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । पोखराबाट भदौरे जाँदै गरेको ग१ज ४५४७ नम्बरको जीप सल्लाघारीमा सडकबाट २ सय ५० मिटर तल झरेको हो ।

हालसम्म ९ जनाको उद्धार गरी अस्पताल पठाइएको र अन्यको पनि खोजी भइरहेको कास्की प्रहरीका इन्स्पेक्टर सूर्यबहादुर रानाले जानकारी दिए । उनकाअनुसार केहीको अवस्था गम्भीर छ ।

‘उद्धार भइरहेको छ । सबैलाई अस्पताल पठाइएको छ,’ उनले भने, ‘केहीको अवस्था गम्भीर भन्ने सुनिएको छ । तर अस्पताल आएपछि मात्रै थाहा हुन्छ ।’