• जेष्ठ ५ २०८३, मंगलवार

काठमाडौँमा मेघगर्जनसहित भारी वर्षा

चैत्र १७ २०८०, शनिबार

काठमाडौं  । काठमाडौंमा शनिबार बेलुका मेघगर्जनसहित वर्षा भएको छ । प्रि मनसुनी वर्षा भएको हो । पश्चिमी वायुको प्रभावले वर्षा भइरहेको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल नेपालमा  पश्चिमी वायु र स्थानीय वायुको तथा दक्षिण आसाम आसपासमा रहेको न्यून चापिय क्षेत्रको पनि प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबार राति  देशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ । गण्डकी प्रदेशको थोरै  तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको एक दुई स्थानहरूमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरू र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आइतबार दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ । देशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।