मुग्लिन । मुग्लिन नजिकै त्रिशुली नदीमा एकाबिहानै खसेको ट्याक्सी दुर्घटनामा परेर ट्याक्सीमा सवार ५ जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।
ईलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार काठमाडौँबाट गोरखा जान लागेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी बिहान सवा ७ बजेको समयमा सडकबाट करिब ८० मिटर तल नदिमा खसेको हो ।
मृत्यु हुनेमा एक बालिका, २ जना पुरुष र २ जना महिला रहेका छन् । उनीहरुको पहिचान भने खुलेको छैन ।