• जेष्ठ ५ २०८३, मंगलवार

हाजिर गर्ने तर काम नगरी टाप कस्ने २० जना कर्मचारीलाई सोधियो स्पष्टीकरण

चैत्र १५ २०८०, बिहीबार

काठमाडौँ । हाजिर गर्ने तर काम नगरी टाप कस्ने शिक्षा मन्त्रालयका २० जना कर्मचारीलाई स्पष्टीकरण सोधिएको छ ।

१४ चैतमा गरिएको आन्तरिक छड्केमा २० जना कर्मचारी हाजिर गरी टाप कसेको पाइएको थियो । शिक्षामन्त्री सुमना श्रेष्ठले छड्के गर्न निर्देशन दिएकी थिइन् ।

आन्तरिक छड्केमा परेका कर्मचारीलाई स्पष्टीकरण सोधिएको र चित्तबुझ्दो जवाफ नआए कारबाही गरिने मन्त्रीको सचिवालयले जनाएको छ ।