• जेष्ठ ५ २०८३, मंगलवार

कांग्रेस नेतृ आरजु राणाको दिल्लीमा उपचार हुँदै

चैत्र १५ २०८०, बिहीबार

काठमाडौँ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा.आरजु राणा देउवाको हाइपर प्याराताइरोइडइजमको शल्यक्रिया सम्पन्न भएको छ ।

आरजु विगत दुई वर्षदेखि सो रोगको उपचार गर्दै आएकी थिइन् । उनको दिल्लीस्थित म्याक्स अस्पतालमा चैत १४ गते बुधबार शल्यक्रिया भएको उनको सचिवालयले जनाएको छ ।

शल्यक्रियापछि उनको स्वास्थ्य सुधारोन्मुख रहेको र केही समय अस्पतालमै उपचार गर्नुपर्ने चिकित्सको सल्लाह दिएको नेतृ देउवाका स्वकीय सचिव कमल रावलले जनाएका छन् ।