काठमाडौँ । माध्यामिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरु हुँदैछ । बिहान ८ देखि ११ बजेसम्म परीक्षा चल्नेछ ।
यस वर्षको परीक्षामा सामुदायिक तथा संस्थागत विद्यालयबाट ५ लाख चार हजार ४१४ परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । जसमा २ लाख ५० हजार ७७२ छात्रा, २ लाख ५३ हजार ६२७ छात्र र अन्य १५ जना छन् ।
परीक्षाका लागि २ हजार ६४ परीक्षा केन्द्र निर्धारण गरिएको छ । जसमा सबैभन्दा कम मनाङ र मुस्ताङमा एक–एक तथा सबैभन्दा बढी काठमाडौँमा १२७ परीक्षा केन्द्र तोकिएका छन् ।