• जेष्ठ ५ २०८३, मंगलवार

मापसे सेवन गरी ट्यापे तालमा सवारी चलाउने २ सय ४१ जनामाथि ट्राफिक एक्सन

चैत्र ११ २०८०, आईतवार

काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार होलीमा दुई सय ४१ सवारी साधन चालक ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् ।
काठमाडौं उपत्यकामा आइतबार मध्यान्ह १२ बजेसम्म २४१ सवारी चालक कारबाहीमा परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

दुई पांग्रे २३३ र ८ वटा चार पांग्रे सवारीसाधन चालक कारबाहीमा परेका हुन् । एसएसपी श्रेष्ठका अनुसार सबैभन्दा बढी कागजपत्र साथमा नराख्नेहरू कारबाहीमा परेका छन् ।

हेल्मेट नलगाउने, तीव्र गतिमा सवारी चलाएको, जिगज्याक गरी चलाउने, तीन जना चलाउने, मादक पदार्थ सेवन गरी सवारी चलाउनेलाई कारबाहीमा परेका हुन् ।

काठमाडौंमा बसन्तपुर, दरबारमार्ग, सामाखुसी, ठमेल लगायत विभिन्न ठाउँमा होलीका कार्यक्रमहरू आयोजना गरिएका छन् । बसन्तपुर जानेहरूलाई न्यूरोड र सुन्धाराबाट भित्र छिर्न दिइएको छैन । त्यस्तै दरबारमार्गमा पनि डाइभर्सन मिलाएको छ ।