• जेष्ठ ५ २०८१, शनिबार

होलीमा गर्नुहोस् यसरी आफ्नो विशेष स्याहार

चैत्र ११ २०८०, आईतवार

फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्वको अर्को नाम रङहरूको पर्व हो । विभिन्न रङ र लोला खेली मनाउने गरिन्छ । मानिसहरू विभिन्न प्रकारका रङहरू एकअर्काको अनुहारमा लगाएर चाडपर्व मनाउने गरिन्छ ।

होली खेल्न धेरै रमाइलो हुन्छ । तर, जब छालादेखि कपालसम्म रङ र पानीले नोक्सान गर्छ ।  रंग जथाभावी खेल्दा आँखाको दृष्टि गुम्न सक्छ, कानको जाली फुट्न सक्छ तथा एलर्जी, दम, छालासम्बन्धी विभिन्न समस्याले सताउन सक्छन् । लोला प्रहारले आँखा, कानलाई समस्यामा पार्न सक्छ । होलीमा उपयोग गरिने रंग, अबिर आदिमा प्रायः खतरनाक रसायन मिसाइएको हुन्छ । मानिसहरूले बजारबाट बेच्ने जुनसुकै रङहरू किन्छन् । यी रंगहरू केमिकलयुक्त हुन सक्छन्, जसले तपाईंको छालामा गम्भीर असर पार्न सक्छ । त्यसैले रंग वा अबिर मुख, आँखा वा कानमा नपसोस् भनेर होसियार रहनुपर्छ ।रसायनयुक्त रङले छालामा एलर्जी हुने, सुख्खापन, दाग, पोल्ने, चिलाउने, रातो दाग देखिने र आउने हुने गर्छ । केमिकलयुक्त रङको प्रयोगले छाला सुख्खा हुने, रासायनिक रङहरूसँग छालाको सम्पर्कमा आउदा पोल्ने, पिम्पल आउने र छाला दाग देखिने वा चिलाउने हुन सक्छ । आफ्नो अनुहारसँगै कपाललाई पनि विशेष हेरचाह दिनु जरूरी हुन्छ । त्यसकारण कपालमा सकेसम्म रङ लगाउनु हुँदैन् । यसले कपाललाई सुख्खा र निर्जीव बनाउँछ र कपाल झर्ने सम्भावना बढाउँछ ।

रङ लगाउने बित्तिकै छालाको एलर्जी, दाग, रातोपन, सुख्खापनले एलर्जीलाई अझ खराब बनाउन सक्छ । होलीका दिन होलीमा रङ लगाउँदा कति असर गर्छ भन्ने हुँदैन् । यो अनुहारको स्किनमा पनि भर पर्छ । तर, धेरै समयसम्म हाम्रो स्किनमा रङ भयो भने अनुहारलाई सुख्खा बनाउने, एलर्जी गराउन सक्ने, सेन्सेटिभ सकिनलाई झनै हानि गर्ने हुन्छ । होली खेल्ने योजना छ भने अनुहारलाई मजालै सफा गरेर बाक्लो मोइस्चराइजर लगाएर खेल्दा रङबाट गर्ने असरबाट केहि हद सम्म जोगिन सक्छ ।

आफ्नो शरीर जोगाउन, आफ्नो शरीरलाई घाम र पानीबाट छोप्ने शरीर ढाक्ने कपडा लगाउनुहोस् । साथै, शरीरमा राम्रोसँग तेल लगाउनुहोस् । यसका लागि नरिवल वा बदामको तेल राम्रो हुन्छ ।

होलीपछि तुरुन्तै नुहाउन जानुहोस्, ताकि छाला र कपालको रंग सजिलै हट्ने गर्छ । नुहाएर मात्रै रङ निस्किरहेको छैन भने मनतातो जैतुनको तेलमा कागती मिसाएर छालामा लगाएर एक घण्टासम्म छोडिदिनुहोस् । त्यसपछि फेरि नुहाउनुहोस्। छालाको रंग हटाउन केरोसिन, पेट्रोल वा नेल पालिस रिमूभरजस्ता चीजहरू प्रयोग नगर्नुहोस् । साथै छालालाई जोडले रगड्नु हुँदैन ।