• जेष्ठ ५ २०८३, मंगलवार

रिडी पावर कम्पनीका पूर्वअध्यक्ष न्यौपानेले शेयरको इनसाइड ट्रेडिङ गरेको आयोगको ठहर

चैत्र ७ २०८०, बुधबार

काठमाडौं । रिडी पावर कम्पनीका पूर्वअध्यक्ष गुरुप्रसाद न्यौपाने शेयरको इनसाइड ट्रेडिङ गरेको आरोपमा दोषी ठहर भएका छन् । विशेष अदालत काठमाडौंले उनलाई दोषी ठहर गर्दै सजाय सुनाउने मिति तोकेको छ ।

सजाय निर्धारणका लागि १५ चैतको पेसी तोकिएको छ । तीन वर्षभन्दा धेरै जेल सजाय हुने अवस्थामा सजाय निर्धारणका लागि अर्को पेसी तोक्नुपर्ने व्यवस्थाअनुसार विशेषले बुधबार सजाय नतोकी अर्को पेसी तोकेको हो ।

रिडी हाइड्रोपावर कम्पनीमा अध्यक्ष रहेकै समयमा न्यौपानेले २०७७ चैतदेखि २०७८ भदौको पहिलो सातासम्म कम्पनीको शेयर किनबेच गरेका थिए । यसरी कम्पनीको व्यवस्थापक, वा सञ्चालकले पदमा बहाल रहँदासम्म र अवकाश लिएको एक् वर्षसम्म सो कम्पनीको शेयर हस्तान्तरण गर्न नपाउने कानुनी व्यवस्था छ ।

तर, न्यौपानेले इनसाइड ट्रेडिङ गरी भ्रष्टाचार गरेको ठहर भएको हो । सम्पत्ति शुद्धीकरण विभागले गत कात्तिक २३ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।