• जेष्ठ ५ २०८३, मंगलवार

बागलुङको निसीखोलामा बस दुर्घटना, ७ जनाको घटनास्थलमै मृत्यु

चैत्र ५ २०८०, सोमबार

बागलुङ । बागलुङको निसीखोलामा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । पश्चिम रुकुमबाट काठमाडौंका लागि हिँडेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस आज साँझ बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीमा दुर्घटना भएको हो ।

दुर्घटनामा ७ जना यात्रुको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए । उनले दुर्घटनामा २०–२५ जना घाइते रहेको बताए । घाइतेहरूको प्रहरी र स्थानीयले उद्धार गरी उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ पठाइएको प्रहरी निरीक्षक विकले जानकारी दिए ।

बस मध्यपहाडी लोकमार्गबाट १ सय ५० मिटर तल खसेको प्रहरी निरीक्षक विकले बताए । घटनामा घाइतेको प्रहरी र स्थानीयले उद्धार गरिरहेका छन् । मृतक र घाइतेहरूको नाम खुल्न सकेको छैन । साँझको बेला भएको उद्धारमा समस्या भइरहेको प्रहरी निरीक्षक विकको भनाइ छ ।