• जेष्ठ ५ २०८३, मंगलवार

भोजपुरको हतुवागढीमा भएको आगलागीमा तीन बालबालिकाको मृत्यु

चैत्र ३ २०८०, शनिबार

विराटनगर । भोजपुरको हतुवागढी–७ पिप्लेमा भएको आगलागीमा परी तीन बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ वर्षका प्रनिष कार्की, ७ वर्षकी बालिका दीपशिखा कार्की र ३ वर्षका बालक दियुनिष कार्की रहेको प्रहरीले जनाएको छ । आगालगीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

५ वर्षीय बालक प्रनिष कार्की केदार कार्कीका छोरा हुन् भने केदारका भाई रमेश कार्कीका छोरी दीपशिखा र दियुनिष रहेको प्रहरीले जनाएको छ । बालबालिका खेलिरहेको ठाउँमा अचानक आगलागी हुँदा उनीहरुको मृत्यु भएको जानकारीमा आएको भोजपुरका प्रहरी प्रमुख डीएसपी सुदिपराज पाठकले जानकारी दिए ।

भोजपुरको टक्सार बजारमा दिउँसोदेखि लागेको आगलागी नियन्त्रणमा आएको छ । जसमा ७ वटा घर र १० वटा गोठ जलेर नष्ट भएको पाठकले जानकारी दिए । जलेका घरमध्ये २ वटामा मानिसको बसोबास नभएको र अन्य घरमा भएको क्षतिको विवरण आइनसकेको उनले जानकारी दिए ।