• जेष्ठ ५ २०८१, शनिबार

फेसबुकमा समस्या आएपछि संसारका प्रयोगकर्ताहरु हैरान

फाल्गुन २२ २०८०, मंगलवार

काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकमा समस्या देखिएको छ । मंगलबार साँझ ९ बजेपछि फेसबुक लगइनमा समस्या देखिएको हो ।
प्रयोगकर्ताहरुले एकाएक फेसबुक लगआउट भएको र त्यसपछि लगइन हुन नसकेको गुनासो गरिरहेका छन् । फेसबुकसहित मेटाद्वारा सञ्चालित इन्टाग्राम र थ्रेडमा समेत समस्या देखिएको छ ।

यस्तो समस्या देखिएको विश्वभरका प्रयोगकर्ताहरुले बताइरहेका छन् । यससम्बन्धी एक्ससहितका सामाजिक सञ्जालमा चर्चा भइरहेको देख्न सकिन्छ । तर, के भएको हो भन्नेबारे फेसबुकले केही बताइसकेको छैन ।