• जेष्ठ ७ २०८३, बिहीबार

मानव वेचविखन तथा ओसार पसारमा संलग्न तीन जना पक्राउ

पुष २१ २०८०, शनिबार

काठमाडौं । कास्की प्रहरीले मानव बेचविखन तथा ओसार पसारमा संलग्न तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा पोखरा–९ पृथ्वीचोक बस्ने २९ वर्षीय प्रविन गुरुङ, पर्वत घर भइ हाल काठमाडौंको शंखमुल बस्ने २३ वर्षीय निर्मल मल्ल र पोखरा–१७ विरौटा बस्ने २६ वर्षीय राजेश ठकुरी रहेका छन्।

पोखरा महानगरपालिका–८ जाल्पारोडमा रहेको काभ्रेली खाजा घरका सञ्चालकले बालिका तथा महिलाहरुलाई होटलमा राम्रो काम लगाइदिन्छु भनी ल्याएर सुरुमा होटलको सरसफाइको काम लगाएका थिए।

तर केही समयपछि राम्रो कमाइ हुन्छ भन्दै विभिन्न प्रलोभन दिएर परपुरुषहरुसँग भेट गराउँदै पोखराका विभिन्न होटलहरुमा लगि यौनशोषण गराउँदै आएको पाइएको प्रहरीले बताएको छ।