• जेष्ठ ७ २०८३, बिहीबार

आज चाबहिलदेखि बौद्धलगायत क्षेत्रमा विद्युत लाइन काटिने

पुष २१ २०८०, शनिबार

काठमाडौँ ।  नेपाल विद्युत प्राधिकरणले आज काठमाडौँको चाबहिलदेखि बौद्धलगायत क्षेत्रमा विद्युत लाइन काटिने भएको छ ।

प्राधिकरणले उक्त क्षेत्रमा विद्युत लाइन मर्मतका लागि बिहान साढे १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत आपूर्ति बन्द हुने जनाएको हो ।

डाँछी फिडर सट डाउन गर्दा चाबहिल प्लाजा, केएल टावर, टुसाल, बौद्ध पिपल बोटदेखि जोरपाटीसम्म विद्युत आपूर्ति बन्द हुने जनाइएको छ ।