• जेष्ठ ७ २०८३, बिहीबार

एकैपटक ४ हजार बढी सहायक हवल्दारको सरुवा

पुष २० २०८०, शुक्रबार

काठमाडौं ।  नेपाल प्रहरीले एकै पटक ठूलो सङ्ख्यामा सहायक हवलदारको सरुवा गरेको छ।

प्रहरी प्रधान कार्यालयले बिहीबार चार हजार ९२ सहायक हवल्दार सरुवा गर्ने निर्णय गरेको हो ।

प्रहरी प्रधान कार्यालयले आवश्यकताअनुसार सरुवा गर्नुपर्ने भएकाले माघ महिनादेखिको तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने व्यवस्था मिलाइएको जनाएको छ ।