• जेष्ठ ७ २०८३, बिहीबार

विदेश पठाइदिन्छु भनी १० लाख लिएर बेपत्ता भएकी नुवाकोटकी रचना थापा मनमैजुबाट पक्राउ

पुष १९ २०८०, बिहीबार

काठमाडौं । पोर्चुगल पठाउने आश्वासन दिएर ठगी गरेको आरोपमा एक युवती पक्राउ परेकी छन् । पक्राउ पर्नेमा नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ की २२ वर्षीया रचना थापा रहेकी छिन् ।

प्रहरीका अनुसार उनले वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिने आश्ववासन दिएर रामचन्द्र कार्कीबाट झन्डै १० लाख रुपैयाँ लिएकी थिइन् । उनले कार्कीलाई कुल खर्च १२ लाख रुपैयाँ लाग्ने बताएकी थिइन् । उनले पोर्चुगल पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिने बताएकी थिइन् ।

उनले मासिक एक लाख ३० हजार रुपैयाँ तलब हुने आश्वासन दिएको प्रहरीले जनाएको छ । तर, ९ लाख ९० हजार रुपैयाँ लिइसकेपछि उनी सम्पर्कविहीन भएकी थिइन् । प्रहरीले बुधबार उनलाई मनमैजुबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।