काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) धनञ्जय रेग्मीले हिमाल आरोहणमा फेरि ‘फेक रेस्क्यू’ सुरु भएको बताएका छन् । उनले ‘फेक रेस्क्यू’मा ठूला अस्पताल र हेलिकप्टर कम्पनी संग्लन रहेको पनि बताए ।
विगतमा उनीहरूलाई उचित कारबाही नगर्दा पुनः फेक रेस्क्यू’ सुरु भएको रेग्मी बताउँछन् । बिहीबार संसदको अन्तराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा रेग्मीले ‘फेक रेस्क्यू’को विषयमा गुनासो आइरहेको बताए । रेग्मीले ुफेक रेस्क्यूुका कारण अन्तराष्ट्रियस्तरमा नेपालको बेइज्जत भएको बताए ।
‘हिमाल आरोहणमा फेरि ‘फेक रेस्क्यू’ सुरु भएको छ । कम्प्लेन आइरहेका छन् । हामीले समयमा नै रोक्नुपर्छ । यसमा ठूला हस्पिटल, हेलिप्टर कम्पनीहरूको संग्लनता छ,’ उनले भने,‘यदि हामीले रोक्न सकेनौँ भने अन्तराष्ट्रिय क्षेत्रमा बेइज्जत हुन्छ ।’