• जेष्ठ ७ २०८३, बिहीबार

नेपाल र भारतबीच विजुली सम्बन्धि २ वटा सम्झौतामा हस्ताक्षर हुँदै

पुष १८ २०८०, बुधबार

काठमाडौं । नेपाल र भारतबीच बिहीबार कम्तीमा दुई वटा सम्झौतापत्रमा हस्ताक्षर हुने भएको छ । काठमाडौंमा बिहीबार हुने नेपाल-भारत संयुक्त आयोगको बैठकपछि दुई देशका विदेशमन्त्रीको उपस्थितिमा ती सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।

हस्ताक्षरको लागि तयारी गरिएको सम्झौतामा नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत् आयात गर्ने सम्बन्धी सम्झौता र उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी)को बजेट सीमा पाँच करोडबाट २४ करोड रुपैयाँ पुर्याउनेसम्बन्धी सम्झौता छन् ।

उर्जा, जलस्रोत तथा सिचाइ मन्त्रालय स्रोतका अनुसार बिहीबार नै तीनवटा अन्तरदेशीय विद्युत प्रसारण लाइनको पनि उद्घाटन गरिने छ । रक्सौल-परवानीपुर, कुशहा कटैया र नौतनुवा-मैनिया विद्युत् प्रसारण लाइनको उद्घाटन परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकरले संयुक्त रूपमा गर्ने कार्यक्रम रहेको छ ।