• जेष्ठ ७ २०८३, बिहीबार

सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा देवेन्द्र ढकाल र रजिष्ट्रारमा विमल पौडेल सिफारिस

पुष १८ २०८०, बुधबार

काठमाडौं । सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा देवेन्द्र ढकाल सिफारिस भएका छन्। हाल न्याय परिषद्‌को सचिव रहेका ढकाललाई न्याय सेवा आयोगले मुख्य रजिष्ट्रारमा नियुक्तिका लागि सिफारिस गरेको हो।

यस्तै, सर्वोच्च अदालतको रजिष्ट्रारमा विमल पौडेल सिफारिस भएका छन्। उनी सर्वोच्च अदालतको प्रशासन महाशाखाका प्रमुख हुन्।

यसअघिका मुख्य रजिष्ट्रार र रजिष्ट्रार उच्च अदालतको न्यायाधीशमा सिफारिस भएपछि सर्वोच्च अदालतमा यी २ पद रिक्त थिए।

मुख्य रजिष्ट्रार रहेका लालबहादुर कुँवर र रजिष्ट्रार निर्मला पौडेललाई उच्च अदालतको न्यायाधीश नियुक्ति गरेको थियो।

न्याय सेवा आयोगको सिफारिसपछि प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठले ढकाललाई मुख्य रजिष्ट्रार र पौडेललाई रजिष्ट्रार नियुक्त गर्नेछन्।