शोभा गुरुङ, नेपालगन्ज । तमु (गुरुङ) जातिको महान पर्व ल्होसार २०८० मुप्री ल्हो (गरुड बर्ग) को उपलक्ष्यमा पौष १४ गते शनिबारका दिन ूतमु जातिको ईतिहास र बाँके जिल्लामा तमु जातिको बिगत र बर्तमान अवस्थाू बिषयक अन्तर्कृया कार्यक्रम तथा स्व. लाल प्रसाद गुरुङ स्मृती पुरस्कार एंव सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

तमु जातिको ईतिहास र बाँके जिल्लामा तमु जातिको बिगत र बर्तमान बिषयमा तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद लुम्बिनी प्रदेश नं. ५ का सहसचिव शोभा तमुले प्रस्तुत गर्नु भएको कार्यपत्रमा सहभागीहरु बिच छलफल भएको थियो ।
कार्यक्रमले तमु जातिको ईतिहासको सम्बन्धमा अहिलेको पिढिले केही जानकारी पाउनुको साथै बाँके जिल्लाको तमु जातिहरुको बिगत देखि बर्तमान सम्मको अवस्था बारे जानकारी गराईएको थियो ।

उक्त अवसरमा स्व. लाल प्रसाद गुरुङ स्मृति पुरस्कारबाट नेपालगन्ज ४ निवासी श्री मन बहादुर गुरुङ (लामो समय देखि बाँके जिल्लाको यश संगठनको विभिन्न पदमा रहि तमु जातिको मौलिक भाषा, धर्म, भेषभुष, संस्कृतिका लागि योगदान पुरयाए बापत) लाई नगद सहित दोसल्ला, खादा ओढाएर, सम्मान पत्रले सम्मान गरिएको थियो ।
स्व. लाल प्रसाद गुरुङ अक्षयकोष स्थापर्नाथ वहाँको कान्छी छोरी संगिता गुरुङ र ज्वाइँ राजकुमार गुरुङ (हाल युएसए बाट रु. १००,०००र) को रकम प्रदान गरिएको थियो ।

कार्यक्रमको आयोजक तमु ह्युल छोज धि जिल्ला कार्य समिती बाँके, समन्बय तमु ह्युल छोज धि लुम्बिनी प्रदेश न ५ र आर्थिक सहयोग स्व. लाल प्रसाद गुरुङ अक्षयकोषको रहेको थियो ।

कार्यक्रम बाँके जिल्ला अध्यक्ष भिम तमुको अध्यक्षता , केन्द्रिय सदस्य अनिता तमुको प्रमुख आतिथ्य, वरिष्ठ सल्लाहकार सुन्दर तमु, पुर्ब अध्यक्ष चेत बहादुर तनु, नेपाल तमु विद्यार्थी बाँके जिल्ला अध्यक्ष प्रकाश तमु , तमुस्यो ह्युल छोज धि बाँके अध्यक्ष अन्जु तमु , पूर्व जिल्ला उपाध्यक्ष गन बहादुर तमु लगायत ३२ जना तमु तमुस्योहरुको सहभागितामा सौहार्दपुर्ण बातावरणमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा स्वागत मतब्य बिमला तमुले गर्नु गरेकी हुन् ।
