• जेष्ठ ७ २०८३, बिहीबार

राज्यले उद्योगीलाई अपराधीजस्तो व्यवहार गर्यो : अध्यक्ष राजेशकुमार अग्रवाल

पुष १५ २०८०, आईतवार

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले राज्यले उद्योगीलाई अपराधीजस्तो व्यवहार गरेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले उद्योगको बिजुली काटेर सरकारले नै अपराधीको जस्तो व्यवहार गरेको आरोप लगाए ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गरेको ‘गल्ती’लाई सरकारले सहयोग गरेको उनको भनाइ छ ।

‘एउटा व्यक्तिको कार्यक्षमता प्रमाणित गर्ने गरी राज्य लाग्नु हुँदैन । आज विद्युत् काटेर अरबौं राजस्व गुमाएको छ,’ उनले भने, ‘रोजगारी पाएका जनतालाई विस्थापित गरेको छ । हामीलाई प्रमाण दिए जे जति हो, तिर्छौं । दुःख उद्योगीलाई दिनु भएन ।’