काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले थप १४ वटा उद्योगहरूको विद्युत् आपूर्ति विच्छेद गरेको छ ।
प्राधिकरणले शुक्रबार ५ करोड रुपैयाँभन्दा बढी बिद्युत् बक्यौता भएका विगतमा डेडिकेटेड फिडर एवम् ट्रंक लाइनबाट विद्युत् उपभोग गरेका तर त्यसबापतको प्रिमियमसहितको महसुल नतिरेका ग्राहकहरूको विद्युत् लाइन काटेको हो ।
गत पुस ६ गतेबाट बक्यौता रहेका ग्राहकहरूको लाइन काट्न सुरु गरेको थियो । पहिलो चरणमा १ अर्ब रुपैयाँभन्दा बढी बक्यौता रहेका ४ वटा उद्योग र त्यसपछि ५ गरी ९ वटा उद्योगको लाइन काटिएको थियो । शुक्रबार काटिएका १४ उद्योगको सँगै डेडिकेटेड फिडर एवम् ट्रंक लाइनबाट विद्युत् आपूर्ति लिएका २३ वटा ग्राहकहरूको लाइन काटिएको छ ।
शुक्रबार बाबा जुट मिल ९५ करोड ६१ लाख रुपैयाँ०, निगाले सिमेन्ट ९१४ करोड २१ लाख रुपैयाँ०, त्रिवेणी सिन्थेटिक यार्न इन्डस्ट्रिज९१५ करोड ६६ लाख रुपैयाँ०,हिमाल आइरन एण्ड स्टील ९८ करोड १३ लाख रुपैयाँ०, जगदम्बा इन्टरप्राइजेज९४७ करोड ९८ लाख रुपैयाँ०, हामा आइरन ९११ करोड ५५ लाख रुपैयाँ०,एभरेष्ट पेपर मिल ९२१ करोड ३६ लाख रुपैयाँ०को लाइन काटिएको छ ।
यसैगरी, कसमस सिमेन्ट ९३५ करोड ८२ लाख रुपैयाँ०, शुभश्री अग्नी सिमेन्ट ९३८ करोड १० लाख रुपैयाँ०, जगदम्बा सिन्थेटिक ९४७ करोड ५३ लाख रुपैयाँ०, घराना फुड्स ९५ करोड ९ लाख रुपैयाँ०, सिद्धार्थ पेटप्लास्ट ९५ करोड २४ लाख रुपैयाँ०, बुटवल सिमेन्ट ९३२ करोड ९८ लाख रुपैयाँ०, नारायणी स्पात ९७८ करोड ४९ लाख रुपैयाँ०को लाइन काटिएको छ ।
प्राधिकरणले अघिल्लो शुक्रबार ४ र गत आइतबार ५ उद्योगको लाइन काटेको थियो । शुक्रबार जगदम्बा स्टिल, घोराही सिमेन्ट, रिलायन्स स्पिनिङ मिल्स र अर्घाखाँची सिमेन्टको लाइन काटेको प्राधिकरणले आइतबार सर्वोत्तम सिमेन्ट, लक्ष्मी स्टिल, अशोक स्टिल, सोनापुर मिनरल्स एण्ड आयल प्रालि र त्रिवेणी स्पिनिङ मिल्सको लाइन काटेको थियो ।