• जेष्ठ ७ २०८३, बिहीबार

हेर्दाहेर्दैमा राखिएको सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ हुने

पुष ११ २०८०, बुधबार

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतमा हेर्दाहेर्दैमा राखिएको  क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुने भएको छ ।

यसअघि नै अन्तिम सुनुवाइ सुरु भए पनि हालसम्म बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको मुद्दामा आज सुनुवाइ हुन लागेको हो ।

नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसमा काठमाडौँले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर, उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।