• जेष्ठ ७ २०८३, बिहीबार

प्रचण्डको सुरक्षा गार्ड समेत रहिसकेका पूर्वजनसेनाको कमाण्डर जटिलले भारतमा गरे आत्महत्या

पुष ८ २०८०, आईतवार

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालका पूर्वसुरक्षा गार्डसमेत रहेका जनमुक्ति सेना नेपालका कमाण्डर तुलासिंह भुल ‘जटिल’ले आत्महत्या गरेका छन् ।

अछामको पञ्चदेवल विनायक नगरपालिकाको लयाटी स्थायी घर भएका अनुमानित ४५ वर्ष उमेरका जटिल रोजगारीको शिलशिलामा भारतको महाराष्ट्रमा रहेको उरन शहरमा थिए । जटिलले शनिबार राति आफ्नै कोठामा आत्महत्या गरेको पारिवारिक स्रोतले जनाएको छ ।

जनमुक्ति सेनाको सातौं डिभिजन अन्तरगत लोकेश स्मृति विग्रेड अन्तरगतको दुई नम्बर बटालियन सहकमाण्डर रहेका जटिल माओवादी १० वर्षे जनयुद्धबाट बिश्राम लिएर शान्ति प्रक्रियमा आइसकेपछि प्रधानमन्त्री एवम माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका करिव एक वर्ष सुरक्षा गार्ड बसेका थिए ।

शान्ति प्रक्रियापछि स्वैछिक अवकाश लिएपछि माओवादी एवम सरकारले जनमुक्ति सेनाको उचित व्यवस्थापन नगरेकोमा असन्तुष्ट थिए । करिव एक वर्ष अघि जटिलका छोरा कमल भुलको सवारी दुघर्टनामा परेर भारतमा नै मृत्यु भएपछिदेखि मानसिक स्वास्थ्य समस्यामा थिए ।