• जेष्ठ ७ २०८३, बिहीबार

भिजिट भिसामा मानव तस्करी प्रकरणमा एकजना ट्राभल्स सञ्चालक पक्राउ

पुष ७ २०८०, शनिबार

काठमाडौं । भिजिट भिसा हुने मानव तस्करी प्रकरणमा थप एक जना ट्राभल्स सञ्चालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोरङको शनिश्चरे नगरपालिका–७ घर भएका ४५ वर्षीय विनोद कार्की रहेका छन्।

ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोलमा रहेको सिटी टुर्स एन्ड ट्राभल्स सञ्चालन गर्दै आएका उनलाई नक्कली कागजातका आधारमा सेटिङ मिलाई भिजिट भिसामा विदेश पठाई मानव तस्करीमा उनले सघाउने गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

कार्कीलाई पुस ५ गते काठमाडौंको बल्खुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी परिसर टेकु पठाइएको छ।