• जेष्ठ ७ २०८३, बिहीबार

पशुपति क्षेत्र विकास कोषमा नियुक्त भएका १ सय सल्लाहकार खारेज

पुष ४ २०८०, बुधबार

काठमाडौं । पशुपति क्षेत्र विकास कोषमा विभिन्न समयमा नियुक्त भएका १ सय बढी सल्लाहकारहरु खारेज गरिएको छ ।

बुधबार बसेको कोषको परिषद् बैठकले यस्तो निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको सचिवालयले जनाएको छ ।

राजसंस्थाको पालादेखि हालसम्म विभिन्न समयमा नियुक्त गरिएका १०० बढी सल्लाहकार खारेज गरिएको विकास कोषका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको सचिवालयले जनाएको छ ।